अन्तरर्वार्तासमाचारस्थानिय गतिबिधि

पहिरोको उच्च जोखिममा यी स्थानियतह

साउन १७, काठमाडौं । लगातारको वर्षाले गर्दा पहिरोको उच्च जोखिम बढी रहेको छ । बैतडीका चार स्थानीय तहमा पहिरोको उच्च जाखिम देखिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिले तयार पारेको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना अनुसार प्रकोपको हिसाबले उक्त जिल्लाको ४ स्थान निकै जोखिममा परेको छ । जिल्लाका अन्य स्थानीय तहमा पहिरोको जोखिमी देखिए पनि दोगडाकेदार गाउँपालिका, डिलाशैनी गाउँपालिका, पुरचौडी नगरपालिका र मेलौली नगरपालिका भने उच्च जोखिममा रहेका समितिका संयोजक बताएका छन् ।

जिल्लामा विभिन्न किसिमका प्रकोपको जोखिम रहेको र ती प्रकोपबाट हुने क्षति न्यूनीकरणका विषयमा सम्बन्धित स्थानीय तहसँग छलफल भएको प्रमुख जिल्ला अधिकारीले बताएका छन् । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ अनुसार स्थानीय तहमा विपद् व्यवस्थापन समिति गठन गर्न आग्रह गरिएको छ ।
विभिन्न विपद्का घटनालाई न्यूनीकरण गर्न स्थानीय तहलाई बजेट छुट्याउन आग्रह गरिएको प्रजिअले बताउनुभयो । जिल्लाको डिलाशैनी गाउँपालिकाको बांगाबगर, गोकुलेश्वर, रुद्रेश्वर, दोगडाकेदार गाउँपालिकाको सित्तड र न्वाली पहिरोको उच्च जोखिममा छन् । यस्तै जिल्लाको पुर्चौंडी नगरपालिकाको मल्लादेही क्षेत्र र मेलौली नगरपालिकाको विशालपुर क्षेत्र पनि पहिरोको उच्च जोखिममा रहेको विपद् संयुक्त राष्ट्रसंघीय जनसंख्य कोषका जिल्ला कार्यक्रम अधिकृत गणेश शाहीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close