Uncategorized

भ्रष्टाचारको आरोपमा भारतका पूर्व अर्थमन्त्री पि. चिदम्बरम पक्राउ

एजेन्सि- भारतका पूर्व अर्थतन्त्री पि. चिदम्बरमलाई भ्रष्टाचार र मुद्रा निर्मलीकरणको आरोपमा पक्राउ गरिएको छ ।

चिदम्बरमलाई उनकै निवासबाट सिबिआईको टोलीले पक्राउ गरेको हो । उनीमाथि अर्थतन्त्री हुँदा विदेशी लगानीमा घुस लिएर अनुमति दिएको आरोप लाग्दै आएको छ ।

विपक्षी दल कांग्रेसका वरिष्ठ नेता चिदम्बरम सन् १९८४ देखि सांसद रहेका हुन्। उनले गृहमन्त्रालयको जिम्मेवारी समेत सम्हाली सकेका छन् । यसअघि एक उच्च अदालतले पक्राउको अनुमति दिएपछि उनलाई पक्राउ गर्न उनको दिल्लीस्थित निवासमा सिबिआइको टोली पुगेको थियो । सो समयमा उनी घरमा थिएनन् । पक्राउ गरेर अनुसन्धान गर्नबाट रोक्न उनले सर्वोच्च अदालतमा दिएको निवेदनमाथि शुक्रबार सुनुवाई हुदैछ ।

चिदम्बरमले आफूमाथि राजनीतिक पूर्वाग्रहको आधारमा लागेको बताउँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button
Close