Uncategorized

परनिर्भर बन्दै नेपालः १८ अर्वको फलफुल मात्र आयात

काठमाडौं – नेपालमा अघिल्लो आर्थिक वर्ष भन्दा गत २०७५/७६ मा ४ अर्ब बढीको फलफूल आयात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७५/०७६ मा गत अर्थिक वर्षमा मात्रै १८ अर्ब १० करोड ६१ लाख २५ हजारको फलफूल आयात भएको छ भने अघिल्लो आवमा १४ अर्ब ६९ करोड २१ लाख ११ हजार रुपैयाँ बराबरको फलफूल आयात भएको थियो । फलफूल आयातबाट सरकारले आव २०७५/७६ मा ५१ करोड २४ लाख २६ हजार राजस्व उठाएको छ ।

नेपालमा केरा, स्याउ, नास्पाती, अम्बा, सुन्तला, अनार, अंगुर, मौसम, खर्वुजा, तर्वुजा मेवा , आँप लगाएतका फलफूल विभिन्न देशबाट आयत हुने गरेको छ ।

स्याउ आयातबाट मात्रै सरकारले २६ करोड ५५ लाख ४७ हजार राजस्व उठाएको छ । सबैभन्दा धेरै स्याउ भारतबाट आयात भएको छ । भारतबाट मात्रै ३ अर्ब ६५ करोड ७४ लाख ७ हजार मु्ल्य बराबरको ७३ अर्ब ५ करोड ५२ लाख ४० हजार ४०७ केजी स्याउ आयात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ । विभागको तथ्यांक अनुसार भारतबाटमात्र रु ७७ करोड ३५ लाख ३५ हजार मुल्य बराबरको  १ करोड ७९ लाख ७५ हजार ६६८ केजी अम्बा आयात गरेको छ  ।

नेपाल सरकारले ३०७३ असोज १२ गतेको सचिवस्तरीय निर्णयबाट आव २०७३/०७४ देखि आव २०८२/०८३ लाई फलफूल दशकका रुपमा कार्यक्रम प्रस्ताव गरेको थियो ।  तर पनि  फलफुल उत्पादन र आयात प्रतिस्थापनमा सरकार को त्यति तदारुकता देखिएन।  आव ०६६/०६७ मा रु ९० करोडको फलफूल मात्र आयात भएकोमा अहिले लगभग २० अर्बको फलफुल आयात हुनुले नेपालको  परनिर्भरतालाई पुष्टि गरेको बिश्लेषकहरुको भनाई रहेको छ ।

स्वदेशी भन्दा विदेशी फलफूल कै माग बढी
कुलेश्वरमा फलफूल मन्डी सञ्चालक गरिरहेका रामकृष्ण घिमिरेका अनुसार नेपालमा उत्पादन भएको फलफूलहरु भन्दा पनि विदेशबाट आयत हुने फलफूल नै व्यापारीले खोज्ने गरेका छन् । विदेशबाट आयात हुने फलफुल नेपालमा उत्पादन भएको भन्दा सस्तो पर्ने भएकाले पनि विदेशी फलफूलकै माग बढी छ–उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close