Uncategorized

प्रतिशोधको आगो बाट चाणक्य बने बिष्णु गुप्त

चाणक्य चन्द्रगुप्त मौर्य का महामन्त्री थिए । उनि पुर्विय अर्थशाश्त्री ‘कौटिल्य’ नामले पनि  विख्यात छन् । उनले नंद वंशको नाश गरेर चन्द्रगुप्त मौर्य को राजा बनाए । उनले रचना गरेको अर्थशास्त्र राजनीति, अर्थनीति, कृषि, समाजनीति आदि का ग्रन्थहरु अहिले पनि प्रख्यात छन् । कौटिल्यको अर्थशास्त्र मौर्यकालीन भारतीय समाजको दर्पण मानिन्छ । मुद्राराक्षस को अनुसार चाणक्यको असली नाम ‘विष्णुगुप्त’ थियो । विष्णुपुराण, भागवत तथा कथासरित्सागर आदि संस्कृत ग्रंथमा चाणक्य को नाम उल्लेख गरेको पाइन्छ । उसो त  बौद्ध धर्मग्रंथमा पनि उनको बारेमा उल्लेख गरेको पाईन्छ।

बुद्धघोष द्वारा बनाईएको विनयपिटक की टीका तथा महानाम स्थविर द्वारा रचित महावंश की टीकामा चाणक्यको बारेमा विस्तृत रुपमा उल्लेख गरेको पाईन्छ । उनि चाणक्य तक्षशिला का निबासि थिए जुन अहिले भारतको रावलपिंडी को नजिक पर्छ । उनको जीवन का हरेक घटना को सम्बन्ध मौर्य चंद्रगुप्तको राज्यप्राप्ति संग रहेको पाइन्छ । उनि त्यस  समय का एक प्रसिद्ध विद्वान थिए । उनले चंद्रगुप्तको राज्यप्राप्तिका लागि आफ्नो सारा जिनव ब्यतित गरेपनि उनले राजसी ठाट-बाट बाट टाढा एउटा सानो कुटि बनाएर त्यसमै जिबन व्यतित गरे ।

उनको बिषयमा एउटा यस्तो किंवदन्ती पनि  छ कि एक दिन राजा मगधको राजदरबारमा उनको ठुलो अपमान गरियो, त्यसपछि उनले नन्द – वंश को विनाश नै आफ्नो जिवन को लक्ष्य बनाए, त्यसपछि उनले आफ्नो चेलो चन्द्रगुप्त मौर्य लाई  राजगद्दी मा बसाएर नंद – वंश को अन्त्य गरि मौर्य वंश को स्थापना गरेका हुन् । चाणक्य अखण्ड भातरका पक्षपाति थिए,  यसकारण उनले चन्द्रगुप्तको नेत्रृत्वमा यूनानी( सिकन्दर सेना) आक्रमणकारि भातरबाट भगाए, र नंद – वंशको अत्याचारबाट पीड़ित प्रजालाई दासत्ब बाट  मुक्ति गराएका थिए ।

एक दिन चाणक्य को भेट बालक चन्द्रगुप्त संग भयो  उनि उस समय अप्ना साथीहरुसंग राजा र प्रजाको खेल खेलीरहेका थिए | राजा को रुपमा चन्द्रगुप्त यति कुसलतापुर्बक राज्य  सञ्चालन गरिरहेका थिए कि जो कोहिपनि छक्क पर्न सक्थ्यो । साथीहरुको समस्याको समाधान त्यहाँ देखाएको नेत्रृत्व क्षमताले चाणक्य धेरै प्रभावित भए | चाणक्य ले चन्द्रगुप्त मा भावी राजा को झलक देख्न लागे | उनले चन्द्रगुप्तको बारेमा सम्पर्ण जानकारि पिए पश्चात आफुसंगै तक्षशिला लिएर गए र चन्द्रगुप्त लाइ वेद, शाश्त्र तथा युद्ध र राजनीति को शिक्षा दीए | लगभग ८ बर्ष सम्म आफ्नो संरक्षणमा चन्द्रगुप्त लाइ शिक्षा दिएर शूरवीर बनाए  भन्ने गरिन्छ  । चाणक्यका केहि विचारहरु यहाँ उ्लेक गरेका छौं ।

 चाणक्यका  विचारहरु  :

• ऋण, शत्रु  र रोग को समाप्त गर्नु पर्छ ।
• वनमा लागेको डडेलोले चन्दन की काठ पनि जलाउछ अर्थात दुष्ट व्यक्तिले कसैपनि हित गर्दैन • शत्रुको दुर्बलता थाहा नपाउन्जेलसम्म उसलाई अफनो मित्र बनाए राख ।
• सिंह जति भोको भएपनि घाँस खाँदैन ।
• एकै देशका दुई शत्रु परस्पर मित्र हुन्छन् ।
• आपातकालमा स्नेह गर्ने नै असल मित्र हो ।
• एक कामधेनु गाई सय कुकुर भन्दा पनि उत्कृष्ट हुन्छ । अर्थात एक विपरीत स्वाभाव का परम हितैषी व्यक्ति, चापलुसि गर्ने सय जाना ब्यक्ती भन्दा पनि उत्कृष्ट हुन्छ ।
• आगोलाई सिरमा राखेपनि  जलाउँछ । अर्थात दुष्ट व्यक्तिलाई जति सम्मान गरेपनि, उसले सधै दुःख मात्र दिन्छ ।
• आफ्नो स्थानमा अडिक रहनाले मानिस पजनिय हुन्छ ।
• सबै प्रकारको डर मध्य बदनामीको डर सबै भन्दा ठुलो हो ।
• सुनको साथ मिलेपछि चांदी पनि सुन जस्तै देखिन्छ । अर्थात सत्संगको प्रभावले मनुष्य असल बन्छ ।
• आफ्नो टाउको निउराएर मात्र कुवा बाट पानि निकाल्न सकिन्छ ।
• जो जुन कामका लागी योग्य छ उसले त्यहि काम गर्नु पर्छ ।
• कठोर वाणीले अग्निदाह भन्दापनि धेरै छिटो दुःख दिन्छ ।
• शक्तिशाली शत्रुको कमजोरि जानेर मात्र उ माथी आक्रमण गर ।
• असल ब्यतिले अग्नि, गुरू, ब्राह्मण, गाई, कुमारी कन्या, वृद्ध र बालक लाई लाति लगाउनु हँदैन ।

  • ऋण मनुष्यको सबै भन्दा ठुलो शत्रु हो ।
    • शिक्षा नै मानिसको सबै बन्दा ठुलो मित्र हो ।
  • व्यवसायको लाभ संग जोडिएको गोप्यता कोहि व्यक्ति सामु पनि खोल्नु हँदैन ।
  • कुनै कामको शुरू गर्नु भन्दा पहिले केहि प्रश्नको उतर आफुले आफैलाई गर ।

क्रमश :

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close