Uncategorized

प्रचण्डका घरबेटीलाई मेलम्चीको ठेक्का

काठमाडौं – आजको  नागरिक दैनिकले प्रचण्डका घरबेटी शारदा अधिकारीलाई मेलम्ची खानेपानी आयोजनाको पाइपलाइन विस्तार र ओभरहेड ट्यांकी निर्माण गर्ने ठेक्का दिएको लेखेको छ । ठेक्का लिएका सडक र पुल निर्माण समयमै सम्पन्न नगरेर आलोचित बन्दा पनि राजनीतिक शक्तिको आडमा कालो सूचीमा नपरेको अधिकारीको सैलुङ कन्स्ट्रक्सनलाई ठेक्का दिएको भन्दै नागरिकले आलोचना गरेको छ ।

नागरिकले लेखेको छ, ‘सैलुङले भारतीय सीआईपीईएलसँग ज्वाइन्ट दभेन्चरमा १ अर्ब ४१ करोड रुपैयाँको लागतमा एक सय पाँच किलोमिटर पाइपलाइन र ओभरहेड ट्यांकी निर्माण गर्ने ठेक्का पाएको छ । ३० महिनाभित्र निर्माण सम्पन्न गर्नेगरी उसले ठेक्का पाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close