Uncategorized

चितवनमा विद्यार्थी र प्रहरीबीच झडप ,१६ विद्यार्थी पक्राउ

चितवन – भरतपुर स्थित चितवन मेडिकल कलेजमा आन्दोलनरत विद्यार्थी र प्रहरीबीच बुधबार विहान झडप भएको छ । प्रहरीले अस्पतालको सेवा प्रवाहमा अवरोध पुर्याउन खोजेपछि रोक्न खोज्दा झडप भएको प्रहरीले जनाएको छ ।

प्रहरीले अस्पताल हाता भित्र छिर्न लागेका आन्दोलनरत बिद्यार्थीहरुलाई गेट बाहिर पुर्‍याएको थियो । त्यस क्रममा प्रहरीले बिद्यार्थीहरुलाई लाठीचार्ज गरेको थियो । झडपको क्रममा केही विद्यार्थीहरु घाइते भएका छन् ।

प्रहरीले आन्दोलनमा भूमिका खेल्ने १६ जना विद्यार्थीहरुलाई पक्राउ समेत गरेको छ । प्रहरीले आफूहरु माथि आन्दोलनरत बिद्यार्थीहरुले ढुंगा प्रहार गरेको बताएका छन् । प्रहरीले पक्राउ गरेको १६ जना मध्ये प्रतिवन्धित विप्लव नेतृत्वको नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव)का छोरा प्रकाश चन्द समेत रहेका छन् । चन्दकै नेतृत्वमा चितवन मेडिकल कलेजमा आन्दोलन भएको दावी गरिएको छ ।

चितवन मेडिकल कलेजमा विभिन्न तहमा मेडिकल शिक्षा अध्ययनरत विद्यार्थीहरु विभिन्न माग राखी विगत दुई सातादेखि आन्दोलनमा छन् । उनीहरुले कलेजले तोकिएको भन्दा बढी शुल्क लिएको, सेवा सुविधा नदिएको जस्ता आरोप कलेज प्रशासनमाथि लगाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button
Close