मुख्य समाचारसमाचारसमाज

माछाले लियो ज्यान

रत्ननगर, चितवन । माछा मार्न्न भनेर घरबाट निस्किएका चितवनको भरतपुर महानगरपालिका–२३ सिद्धार्थ चोकका एक व्यक्तिको माछा मार्ने क्रममा डुबेर मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार चितवन राष्ट्रिय निकुञ्ज नजिकैको राप्ती नदीमा डुबेर सोही ठाउँमा ६३ वर्षीय बमबहादुर बलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । आइतबार साँझ माछा मार्ने क्रममा एक्कासि नदीको भंगालोमा खसेर बलको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
राप्ती नदीमा माछा मार्ने र पौडी खेल्ने क्रममा डुबेर तथा गोहीलगायत वन्यजन्तुको आक्रमणमा परेरसमेत मानिसको ज्यान जाने गरेको छ । उनको शवलाई परीक्षणका लागि भरतपुर अस्पतालमा ल्याइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker