खेलकुद

वर्षाका कारण लर्ड्समा नेपाल र नेदरल्यान्ड्सको खेल नतिजाविहीन

काठमाडौं- पहिलो खेलमा शानदार जित निकालेको नेपालले दोस्रो खेलमा भने वर्षाका कारण नतिजा आफ्नो हातमा पार्न सकेन । लन्डनको लर्ड्स क्रिकेट मैदानमा नेपाल र नेदरल्यान्ड्सबीच भएको खेल नतिजा बिहीन भएको छ। आइतबार राति भएको खेल वर्षाका कारण टुंगिन पाएन। आयोजक एमएमसी, नेपाल र नेदरल्यान्ड्सबीचको त्रिकोणात्मक खेललाई मौसमले प्रभावित पार्‍यो।

अन्तिम खेलमा नेपाल र नेदरल्यान्ड्स भिडेका थिए। मैदानमा भारि वर्षापछि खेल रद्द भएको हो। खेल रोकिनुअघि टस हारेर ब्याटिङ गरेको नेदरल्यान्ड्सले १६ दशमलब ४ ओभरमा ४ विकेट गुमाउँदै १ सय ७४ रन बनाएको थियो। १२औं ओभरमा वर्षाले रोकिएपछि सुरु भएको खेल पुनः १७औं ओभरमा पुगेर रद्द भयो।

नेपालका लागि सोमपाल कामी, बसन्त रेग्मी र करण केसीले एक-एक विकेट लिए। त्यसपछि आयोजकले खराब मौसमका कारण अर्को इनिङ हुन नस्क्ने जनाएपछि नेपाल र नेदरल्यान्ड्सबीचको खेल जतिजाबिनै टुंगिएको हो।

यसअघि नेपालले आयोजक एमएमसीसँग भएको ६ ओभरको खेलमा ९ विकेटको जित हात पारेको थियो भने पहिलो खेलमा नेदरल्याण्ड्सले एमसिसीलार्इ १० रनले पराजित गरेको थियो।

You need to install the TieLabs Instagram Feed plugin to use this feature.
Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker