खेलकुदमुख्य समाचारसमाचार

नेपाली खेलाडीलाई ओलम्पिक गेम्समा जापानको सहयोग

काठमाडौं । नेपाली खेलाडीलाई ओलम्पिक खेलमा जापानले सहयोग गर्ने भएको छ । जापानमा सन् २०२० मा हुने ओलम्पिक गेम्समा नेपाली खेलाडीलाई सहयोग गर्न फुकुसिमाको तामुरा सिटीले नेपाल ओलम्पिक कमिटीसँग सम्झौता गरेको छ ।

नेपालका लागि जापानी राजदूत मासामिची साइगोको उपस्थितिमा तामुरा सिटीका तर्फबाट उपप्रमुख कावागौसी नाओयुकी र नेपाल ओलम्पिक कमिटीका तर्फबाट नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले हस्ताक्षर गर्नुभयो ।

सन् २०२० टोकियो ओलम्पिकमा नेपालबाट सहभागी हुने खेलाडीको प्री गेम्स ट्रेनिङ क्याम्पमा सहयोग गर्ने सम्झौतामा उल्लेख छ । तीनवर्षे सम्झौतामा नेपालका खेलाडीलाई प्रशिक्षणमा सो शहरले वार्षिक रु एक करोड सहयोग गर्नेछ ।

सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटीमा भएको कार्यक्रममा तामुरा सिटीका उपप्रमुखको नेतृत्वमा पाँच सदस्यीय जापानी टोलीको सहभागिता रहेको थियो ।

You need to install the TieLabs Instagram Feed plugin to use this feature.
Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker