मुख्य समाचारराजनीतिसमाचारहेडलाईन

टीकापुर घटनाको ३ वर्ष पछि पहिलो पेशी शुरु

धनगढी । घटनाको ३ वर्ष वितिसक्दा पहिलो पेशी शुरु भएको छ । ३ वर्षअगाडि भएको टीकापुर घटनाको पहिलो पेसी बुधबार शुरु भएको छ । जिल्ला अदालतले साउन २४ गते पहिलो पेसीका लागि समय तोके पनि पेशी ३० गतेलाई सारिएको थियो।

टीकापुर घटनाको अभियोगमा पुर्पक्षका लागि कारागार चलान गरिएका रेशम चौधरी सहितका अभियुक्तलाई जिल्ला अदालत कैलालीमा उपस्थित भएका छन् । मुद्दाको आवश्यक मिसिल तयार पार्ने र वादी तथा प्रतिवादी पक्षबाट प्रमाण बुझेर साक्षी आदेश जारी हुन सक्ने सम्भावना देखिएको छ ।
थरुहट–थारुवान आन्दोलनको क्रममा २०७२ भदौ ७ गते आन्दोलनकारी र प्रहरीबीच दोहोरो झडपमा १ जना नाबालक र ७ प्रहरीको मृत्यु भएको थियो ।

You need to install the TieLabs Instagram Feed plugin to use this feature.
Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker