मनाेरञ्जन

धमकेदार सुरुवात गर्दैै ‘गोल्ड र सत्यमेव जयते’

बुधबारदेखि प्रदर्शन भएको भारतीय २ चलचित्रले धमाकेदार सुरुवात गरेको छ । बुधबार भारतको स्वतन्त्रता दिवसको अवसर पारेर उक्त चलचित्रहरु रिलिज गरिएका थिए । चलचित्रले बक्स अफिसमा धमकेदार सुरुवात गरेको छ । नायक जोन अब्राहिमको मुख्य भूमिका रहेको चलचित्र ‘सत्यमेव जयते’ चलचित्रले बुधबारको दिनमात्र २० करोडको हाराहारीमा व्यापार गरेको छ भने उता नायक अक्षय कुमारको मुख्य भूमिका रहेको चलचित्र ‘गोल्ड’ ले भने २५.२५ करोडको व्यापार गरेको छ । बुधबार बिदाको दिन बक्स अफिसमा यी दुई चलचित्रले ४५ करोडको कारोबार गरेका छन् ।

अक्षय र जोनको करिअरकै पहिलो दिन सबैभन्दा धेरै कमाई गर्ने चलचित्र ‘गोल्ड र सत्यमेव जयते’ बनेका छन् । दुबै चलचित्रले उत्कृष्ट समिक्षा समेत पाएका छन् । यसैले पनि दुबै चलचित्रले सय करोडको आँकडा छुने संभावना देखिएको छ ।

You need to install the TieLabs Instagram Feed plugin to use this feature.
Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker