मुख्य समाचारराजनीतिसमाचारहेडलाईन

सडक अवरुद्ध हुँदा हेलिकोप्टर चार्टर गर्नुपर्ने बाध्यता

रसुवा । देशै भरी परेको वर्षाका कारण धेरै स्थानमा पहिरो गएर बाटो अवरूद्ध भएको छ । धुञ्चे भार्खु सडकखण्डको त्रिशुली खोला नजिक लगाइएको पर्खाल पहिरोले क्षति भएपछि सवारी आवगमनमा अवरोध उत्पन्न भएको छ ।
बन्द सडक खुलाउने कार्य तीब्ररुपमा भइरहेको भएपनि सवारी साधन भने चल्न सकेको अवस्था छैन ।
करीब १५ मिटर दूरीको पहिरो क्षेत्रबाट सहज रुपले सडक खुलाउन डोजरको सहायताले ढुङ्गा फुटाउने काम तीव्ररुपमा अगाडि बढिरेहको बताउँदै डोजर अप्रेटर निमा लामाले छेउको जग कमजोर भएकाले त्यसको कुनातर्फ सडक खोल्ने प्रयास गरिएको जानकारी दिनुभयो ।
सडक अवरुद्ध भएपछि मानसरोवर कैलाश जाने भारतीय तीर्थयात्रुलाई समेत कठिनाई भएको छ । अहिले उनीहरु स्याफ्रुवेशीबाट हेलिकोप्टर चार्टर गरेर मानसरोवर कैलाश आवतजावत गर्न थालेको छ । आज मात्र चार वटा उडान भरेको श्री एयरले जनाएको छ ।
आँशिक रुपमा धुञ्चे क्षेत्रको पहिरो खोली पठाइएको मिनी ट्रक टिमुरेतर्फ जाँदै गर्दा आज अपराह्न टिमुरेको तातोपानी क्षेत्रमा आएको पहिरोमा परी त्यसमा सवार चार जना घाइते भएका छन् । घाइतेमध्ये केहिको स्वास्थ्य अवस्था गम्भीर रहेको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close