मुख्य समाचारराजनीतिसमाचार

पत्रकार सम्मानित

पर्वत । अनलाइन पत्रिका सूचनाकेन्द्र डटकमले पत्रकारलार्इ सम्मातिन गरेको छ । पर्वतस्थित ६ जना पत्रकारलाई उक्त अनलाइनले सम्मानित गरेको हो ।
पाँचौँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा सूचना केन्द्र डटकमले शनिबार एक कार्यक्रमको आयोजना गरी ६ जना पत्रकारलाई सम्मान गरेको हो ।
सम्मानित हुनेमा नेपाल पत्रकार महासङ्घ पर्वतका पूर्वअध्यक्ष ओमप्रसाद घायल, पत्रकार महासङ्घ पर्वतका निवर्तमान अध्यक्ष दुर्गाप्रसाद शर्मा, ठूलो पर्दा अनलाइन टिभीका सञ्चालक जीवन पराजुली रहेका छन् । उनीहरुलाई नगदसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
त्यस्तै पत्रकार महासङ्घ पर्वतका उपाध्यक्ष रञ्जना खत्री, रेडियो कुसुमका स्टेशन प्रमुख कृष्ण अखेली र पर्वत खबर साप्ताहिकका सम्पादक गणेश पौडेललाई पनि सम्मान गरिएको छ ।
कार्यक्रममा गायक शिव परियार, बद्री पङ्गेनी, सम्झना भण्डारी लगायतका कलाकारले साङ्गीतिक मनोरञ्जन प्रदान गरेका थियो ।
कार्यक्रममा सूचना केन्द्र डटकम अनलाइनका प्रबन्ध निर्देशक वैकुण्ठ गिरीले पत्रकारितामा लामो समयसम्म रहेर काम गरेका अग्रज र क्रियाशील पत्रकारलाई हौसला दिनका लागि वार्षिकोत्सवमा सम्मान गरेको बताए

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker