Englishमनाेरञ्जनरोचकविशेषसफलता को कथा

शुरु भयो ‘गोपी’को छायांकन

काठमाडौं । विपिन कार्की, वर्षा राउत र सुरक्षा पन्तको मुख्य अभिनय रहेको फिल्म सञ्चारकर्मी दिपेन्द्र लामाको निर्देशनमा बन्न लागेका फिल्म ‘गोपी’ को छायांकन शुरु भएको छ । काठमाडौंको टोखाबाट छायांकन सुरु गरिएको हो । फिल्मको ९५ प्रतिशत काठमाडौं र बाँकी भागको छाया‌ंकन भने काभ्रेमा गरिने निर्माण पक्षले बताइएका छन् ।
फिल्म छायांकनमा जानुभन्दा केही दिन अघि मात्र ‘गोपी’ को टिममा समावेस भएका विपिनको सुटिङ भने शुरुको दिनमा नभइ केही दिन पछि हुने जनाइएको छ । यसअघि भदौ १ गतेबाट छायांकन हुने बताइए पनि कलाकार परिवर्तन र अन्य विविध समस्याका कारण चलचित्र टिम भदौ आइतबारबाट मात्रै छायांकनमा गएको हो ।

फिल्मको निर्माण घोषणादेखि छायांकनको अन्तिम तयारीसम्म फिल्ममा अभिनेता खगेन्द्र लामिछानेको अभिनय निश्चित थियो। तर ुक्रिएटिभ डिफ्रेन्सेसु अर्थात ुसृजनात्मक मतभेदुका कारण फिल्ममा अभिनेता खगेन्द्र अटाउन सकेनन् । त्यसैगरी, फिल्मबाट अभिनेत्री वर्षा शिवाकोटी पनि सुरुमा भनिएको ुवनलाइन स्टोरीुसँग अपेक्षित ुक्यारेक्टरु प्राप्त नभएको भन्दै बाहिरिएकी थिइन् । यसरी खगेन्द्र र वर्षाको स्थानमा विपिन र वर्षाको आगमनपछि फिल्म युनिट पूर्वनिर्धारित कार्ययोजना अनुसार छायांकनमा जान सकेन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker