EnglishVideosअर्थ खबरमुख्य समाचारराजनीतिरोचकविशेषसफलता को कथासमाचारहेडलाईन

कालिमाटी बजार व्यवसायीको आक्रोस

काठमाडौं । हुन त जुनसुकै क्षेत्रमा केही न केही तवरबाट ठगी गर्न पाउँ भनेर आन्दोलन समेत गरेको देख्न र सुन्न पाइरहेका हुन्छौं । केही वर्ष अगाडि मात्र सुनचाँदी व्यवसायीहरुले सुनमा मिसावट गर्न पाउँ भनेर आन्दोलन समेत गरेका थिए । त्यस्तै भर्खरै सरकारले सोमबार एका विहानै मन्त्रीको अगुवाईमा सरकारी टोलीले काठमाडौं कालिमाटी तरकारी बजारमा अनुगमन गरेको थियो । अनुगमनका क्रममा केही व्यवसायी पक्राउ परेका थिए । अहिले त्यही केही व्यवसायी पक्राउ परेको विरोधमा कालिमाटी तरकारी बजार टप्प पार्दा पारिएको छ । कालिमाटीस्थित तरकारी तथा फलफूल बजार आज सुनसान भएको बनेको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले सोमबार गरेको अनुगमनका क्रममा व्यवसायीले अवरोध गरेका थिए । सो क्रममा नेपाल फलफूल तथा सरकारी व्यवसायी महासंघका महासचिव भरतप्रसाद खतिवडा पक्राउ परेका थिए । उनलाई रिहा गर्नुपर्ने माग गर्दै व्यवसायीले मंगलबार तरकारी बजार बन्द गरेका छन् ।

कालिमाटी तरकारी बजारमा दैनिक ७ सय टन तरकारी तथा फलफूल आउने बजार आज १ टन तरकारी मात्र भित्रिएको थियो । कालिमाटी बजारमा रहेका ४ सय होलसेल बजार पूर्ण रुपमा ठप्प पारेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker