मुख्य समाचारस्वास्थ्यहेडलाईन

निःशुल्क स्वास्थ्य शिशिवरबाट गरिव तथा असहायलाई प्राथमिकता दिन सुझाव

धनकुटा । बृहत् निःशुल्क स्वास्थ्य शिविरबाट वास्तविक गरिव, असहाय तथा पहुँचविहीनहरुको उपचारमा प्राथमिकता दिनु पर्ने छ । सो कुरा प्रतिनिधिसभाका सासंद राजेन्द्र राईले गरिव, असहाय तथा पहुचविहीनहरुका लागी संचालन हुन गैरहेको शिविर तयारीको क्रममा आयोजना गरिएको अन्तक्रिया तथा छलफल कार्यक्रममा बताएका हुन् ।

सो अवसरमा शिविर सञ्चालनका सल्लाहकार समेत रहेका सांसद राईले यो निःशुल्क स्वास्थ्य शिविरमा चिनेजानेको र शक्तिको भरमा हुनेखानेलाई भन्दा गरिव, असहायहरुको उपचारमा प्राथमिकता दिन सुझाव दिए ।

सो अवसरमा प्रदेश सभाका सांसदहरु लिला सुब्बा, कुसुम कुमारी श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी सिताराम कार्की, नेपाली सेना बरख गण गुल्मका गणपतिी कर्णेल युवराज केसी, सशस्त्र प्रहरी बल ६ नम्वर गुल्मका गुल्मपति डिएसपी बालकृष्ण श्रेष्ठ, धनकुटा नगरपालिका वडा नं. ७ का वडाध्यक्ष जंगबहादुर राई, लगायतले शिविर संचालन गर्न सवैले सहयोग गर्नु पर्नेमा जोड दिएका थिए ।

शिविर व्यवस्थापन तथा संचालन समितिका सहसंयोजक प्रकाश श्रेष्ठको अध्यक्षतमा भएको कार्यक्रममा शिविर संचालन तथा व्यवस्थापन समितिअन्तर्गत गठित प्रचार प्रसार समितिका संयोजक राजेश्वरबहादुर श्रेष्ठ, रक्त संचार तथा एम्बुलेन्स व्यवस्थापन समितिका संयोजक नरेन्द्र पोखरेल, आर्थिक समितिका संयोजक दोर्ण गुरागाई, स्वागत समितिका संयोजक रेणु श्रेष्ठ, आवास तथा भोजन व्यवस्थापन समितिका संयोजक पुरेन्द्रलाल श्रेष्ठ, फार्मेसी व्यवस्थापन समितिका संयोजक अमित शाहले आ-आफ्नो समितिको भैरहेको काम र कार्य प्रगतिको विषयमा जानकारी दिएका थिए ।

शिविर संचालनको तयारीको समग्र विषयमा सचिव विजयसन्तोषी राईले जानकारी दिदै बहत् निःशुल्क शल्यक्रिया स्वास्थ्य शिविरमा विशेषज्ञ अमेरिकन डाक्टरहरुबाट शल्यक्रिया हुने जानकारी दिए । उनले शिविरमा पित्तको पत्थरी, पाठेघर, हर्निया, हाईडोसिल, पायल्स, गाँठागुठीको शल्यक्रिया हुने जानकारी दिए । सोसँगै दाँतको उपचार र कृतिम हात वितरण गरिने समेत जानकारी दिए ।

सो अवसरमा पाहुना बरिष्ट चिकित्सकको स्वागतका लागि ५ गते ४ वजे भिमनारायणचोकमा जम्मा हुन अनुरोधसमेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close