स्थानीय

विभिन्न संस्थालाई सहयोग गर्दै तरुण दले स्थापना दिवस मनायो

धनकुटा । नेपाल तरुण दलको ६५ औं स्थापना दिवस विविध कार्यक्रम गर्दै देशभर मनाएको छ । सोहि अवसरमा दलको धनकुटा शाखाले पनि विविध कार्यक्रम सहित स्थापना दिवस मनाएको छ । सो अवसरमा दलले जिल्ला कारागारलाई ३२ इञ्चको स्मार्ट टिभी उपलब्ध गराएको दलका अध्यक्ष दिनेश राईले जानकारी दिए ।

त्यस्तै दलले धनकुटा ४ स्थित मार्गेश्वरी प्राविमा अध्ययनरत २१ जना सुस्तश्रवण भएका बालबालिकाहरुलाई जाडो मौसमका लागि आवश्यक स्वीटर उपलब्ध गराएको सचिव तीलक महतले जानकारी दिए ।

सो सामग्री वितरण कार्यक्रममा नेपाली काँग्रेस धनकुटाका सभापति अग्नीप्रसाद पौडेल, पूर्व सभापति तथा पूर्वसांसद मनोहर नारायण श्रेष्ठ, दलका पूर्व अध्यक्ष बिश्वप्रकाश श्रेष्ठ, महासमिति सदस्यद्वय आनन्दसन्तोषी राई र घनेन्द्रराज श्रेष्ठ, क्षेत्र नं. १ का क्षेत्रीय सभापति जितेन्द्र रुम्दाली लगायतको सहभागिता रहेको प्रेस यूनियनका अध्यक्ष यानिन्द्र तिगेलाले जानकारी दिए ।

शहीद भिमनारायण स्मृति भवनमा आयोजित स्थापना दिवस कार्यक्रममा प्रमुख अतिथि कांग्रेस जिल्ला सभापति अग्नीप्रसाद पौडेलले आगामी निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी बनाउन दल सक्रिय हुनुपर्ने बताए । यस्तै पूर्वसभापति मनोहरनारायण श्रेष्ठले दल कांग्रेस पार्टीको मेरुदण्ड रहेको बताए । उनले मातृपार्टीलाई सहि दिशामा ल्याउन दलले भूमिका निर्वाह गर्नुपर्ने बताए ।

कार्यक्रम दलका अध्यक्ष दिनेश राईको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा स्वागत मन्तब्य दलका उपाध्यक्ष असिम शाक्यले र ब्यवस्थापन तिलक महत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker