मुख्य समाचारहेडलाईन

प्रेसलाई स्वतन्त्र रुपले काम गर्न नदिने ओली सरकार बिरुद्ध काँग्रेसले सडक र सदनबाट नै आन्दोलन गर्ने

काठमाडौँ । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले दुई तिहाइको वर्तमान सरकार तानाशाही बन्न खोजेको आरोप लगाएका छन् । नेपाली काङ्ग्रेस रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित मधवलियामा आयोजना गरेको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले सरकारविरुद्ध आन्दोलन गर्नुपर्ने स्थितिमा तयारी अवस्थामा रहन कार्यकर्तालाई निर्देशन दिँदै भने प्रेसलाई स्वतन्त्र रुपले काम गर्न नदिने सरकारले केही बाँकी राख्दैन ।

हामीले यो निरंकुश सरकार बिरुद्ध सडक र सदन दुवै स्थानबाट आन्दोलन गर्न परे पछि हट्नु हुँदैन । उनले भने प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्ध सरकारले ल्याएको मिडिया काउन्सिल विधेयक कुनै हालतमा पास हुन नदिने उल्लेख गर्दै सदन अवरुद्ध गरेर भए पनि विधेयक पास हुन दिँदैनौँ ।

सभापति देउवाले सरकारले न्यायालय, मानवअधिकार आयोग, प्रेसलगायतका स्वतन्त्र निकायलाई हस्तक्षेप गरी आफूअनुकूलका काममा लगाउने गरी विधेयक ल्याएको समेत आरोप लगाए । उनले बुद्धजन्मस्थल रुपन्देही जिल्लाबाट पार्टीमा एकताको शुरुआत भएको बताउँदै पार्टीभित्र अन्तरघात गर्नेलाई कारवाही गरेर भए पनि घातप्रतिघातको अन्त्य हुने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker