समाचार

रेलले एकै परिवारका ३ नेपालीलाई किच्दा दुईको निधन, एक गम्भिर

काठमाडौँ- झापाको मेचीनगर नगरपालिका–७ स्थित काँकडभिट्टाका एउटै परिवारका दुईको रेल दुर्घटनामा परी मृत्यु भएको छ भने एक जनाको अवस्था गम्भिर रहेको छ ।

शनिबार बिहान ११ बजे भारतको बाघपुल नजीक मङ्पुमा काँकडभिट्टा निवासी ३३ वर्षीय इन्द्र श्रेष्ठ र उहाँका ११ वर्षीय छोरा रोहनको रेलले किचेर घटनास्थलमै मृत्यु भएको हो भने श्रेष्ठकी पत्नि डम्बरकुमारी श्रेष्ठलाई उद्धार गरेर आकस्मिक रुपमा अस्पताल भर्ना गरिएको छ ।

उपचारका लागि डम्बरकुमारीलाई विराटनगरस्थित नोवेल मेडिकल कलेज भर्ना गरिएको इन्द्रका दाजु खेमराजले जनाकारी दिए । बिहानको खाना खाएर रेलको लिक नजीकै रूखको फेदमा शीतल तापेर बसेका इन्द्रलाई तीव्र गतिमा आएको रेलले किचेको र श्रीमती डम्बरी बचाउन जाँदा कान्छो छोरासमेत सँगै पुगेपछि उनीहरुको ज्यान गएपनि आमा र जेठा छोरा भने बाँच्न सफल भएका छन् ।

आमा गएको देखेर कान्छो छोरा रोहन पछिपछि कुदेर जाँदा रेलले उनलाई पनि किचेको थियो । जेठो छोरा भने केही पर रहेकाले दुघर्टनाबाट बच्न सफल भएको परिवारजनले जनाएको छ । मृतक रोहन काँकडभिट्टास्थित लोफोफोरस अङ्ग्रेजी मावि कक्षा ६ मा अध्ययरत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker