समाचारसमाज

ललितपुरमा भयानक दुर्घटनामा परी पत्रकार सहित दुई जनाको ज्यान गयो

काठमाडौं । काठमाडैँ उपत्यकामा नै भयानक दुर्घटनामा परेर पत्रकार सहित दुई जनाको ज्यान गएको छ । आइतबार अपरान्ह ललितपुरको सानेपामा तीनवटा जीप र एक मोटरसाइकल ठोक्किदा गोदावरीका गोविन्दप्रसाद शर्मा र नुवाकोटका चन्द्रमणि मुडभरी रहेका छन् । दुर्घटनाका घाइतेलाई प्रहरीले तत्कालै मेगा अस्पताल पु¥याएपछि उपचार हुन नसकेपछि थप उपचारका लागी थापाथलीस्थित नर्भिक अस्पताल ल्याइएको थियो ।

नर्भिक अस्पतालले दुवैलाई मृत घोषणा गरेको छ । मृत्यु हुने अर्का एक जनाको सनाखत हुन सकेको छैन । कोटेश्वरबाट बल्खुतर्फ जाँदै गरेको बा १६ च ४७४३ नम्बरको स्कार्पियोले बा ४३ प ९८६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । घटनाबारे अनुसन्धान भइरहेको छ ।

You need to install the TieLabs Instagram Feed plugin to use this feature.
Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker