समाचार

यात्रुबाहक बस एक्कासी भिरबाट खस्दा १० जना घाइते , चालक सहित ४ जनाको अवस्था गम्भीर

काठमाडौँ । दाङको नारायणघाटबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ना ६ ख १२६४ नम्बरको बस लमही नगरपालिका वडा नम्बर ९ रिहारमा दुर्घटना भएको छ । सडकमा रोकिराखेको बस दुर्घटना हुँदा चालकसहित १० जना घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घाइते भएका १० जना मध्ये चालक सहित ४ जनाको अवस्था गम्भीर छ । सडकमा रोकिएको बस आफैं गुडेर भीरबाट खसे लगत्तै उद्धारमा प्रहरी तत्कालै पुगेको थियो । प्रहरीले दुर्घटनामा घाइते भएकाहरुको तत्काल उद्धार गरि अस्पताल पठाएर दुर्घटनाका विषयमा थप अनुसन्धान सुरु गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker