हेडलाईन

भीषण हावाहुरीका कारण २ को ज्यान गयो: ७६ घाइते, गम्भिर ४ जनालाई उपचारका लागी भारत पठाइयो

कैलाली । कैलालीमा भीषण हावाहुरीका कारण ज्यान गुमाउनेको संख्या दुई पुगेको छ । कैलालीको गोदावरी नगरपालिका ४ का वीरबहादुर चौधरी र टीकापुर नगरपालिका २ का लहानु डंगौराको ज्यान गएको प्रहरीले जनाएको छ । गएराती ७ बजेदेखि पौने ९ बजेसम्म चलेको हुरीले जिल्लाभ।रीको जनजीवन प्धावित बनेको थियो । ज्यान गुमाएका मध्ये चौधरीको हावाहुरीका बेला मोटरसाइकल चलाउने क्रममा टिपरमा ठोक्किँदा मृत्यु भएको हो भने डंगौराको कुखुरा फार्ममा रहेको पर्खाल भत्किँदा मृत्यु भएको हो ।

भिषण हावाहुरीका कारण अहिलेसम्म ७६ जना घाइते भएको र गम्भीर रहेका चारजनालाई उपचारका लागि भारत पठाइएको प्रहरीले जनाएको छ । त्यस्तै कञ्चनपुरमा पनि हुरीले २० जना भन्दा बढी घाइते भएका छन् । उनीहरुको महानकाली अञ्चल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी दिनेश आचार्यले सिहमाल अनलाइनलाई जानकारी दिए । क्षतिको थप विवरण संकलन भइरहेको स्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker