राजनीति

सरकारले लोकतन्त्र विरोधी मिडिया काउन्सिल विधेयक ल्याएर निरंकुशदा लाद्न खोज्नु मुर्खता : देउवा

कामठाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले मिडिया काउन्सिलसम्बन्धी विधेयकले पत्रकारलाई ठूलो अन्याय हुने भएकाले यसलाई लागू गर्न आँफुहरुले कुनै पनि शतृमा नदिने बताएका छन् ।

शुक्रबार पार्टीले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै सभापति देउवाले सरकारले लोकतन्त्र विरोधी मिडिया काउन्सिल विधेयक संसदबाट अघि बढाउन खोजे संसद र सडक दुवै अवरुद्ध पारेर आन्दोलन चर्काउन आफ्नो पार्टी बाध्य हुने चेतावनी समेत दिउका छन् ।

सो अवसरमा बोल्दै सभापति देउवाले भने सरकारले बालुवाटारलगायतका सार्वजनिक तथा गुठीको जग्गा नियन्त्रणमा लिएर पार्टीका सांसदहरुलाई दिने काम गरिरहेको आरोप समेत लगाए । सरकारको हरेक कदम लोकतन्त्र र जनता विरोधी गएको आरोप लगाउँदै सभापति देउवाले यस्तो निरंकुश शासन नलाद्न समेत ओली सरकारलाई बिनम्र पूर्वक आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker