अर्थ खबर

९२ हजार परिक्षार्थीले आज र भोली कोरियन भाषा परीक्षा दिँदै

काठमाडौं । रोजगार अनुमति प्रणाली ईपीएस अन्तरगतको कोरियन भाषा परीक्षा आजबाट सुरु हुँदैछ । दशौं कोरियन भाषा परीक्षा आज र भोली काठमाडौँ र पोखरामा हुन लागेको हो । आज र भोली गरी दुई दिन हुने परिक्षामा ९२ हजार ३५६ जना परीक्षार्थी सहभागी हुने ईपीएस कोरिया शाखाले जनाएको छ । आगामी वर्षका लागि कोरियाले १० हजार ५० जना नेपाली कामदारको कोटा दिएको छ । यो कोटामा ९२ हजारभन्दा बढी युवा भिड्दैछन् ।

अघिल्लो वर्ष ८२ हजार ३ सय ३५ जनाले परीक्षा दिएका थिए । इपीएसका अनुसार यसअघि गएको वर्ष ८२ हजार ३ सय ३५ जनाले परीक्षा दिएका थिए । दुई चरणमा हुने परिक्षा अन्र्तगत पहिलो परीक्षा बिहान १० देखि १० : ५० सम्म र दोस्रो दिउँसो १ : ३० देखि २ स् २० बजेसम्म सञ्चालन हुनेछ । यसको नतिजा नतिजा असार १३ गते प्रकाशित हुनेछ । यो परीक्षाबाट छानेर उत्पादनमुलक क्षेत्रमा ७ हजार ५० र कृषि क्षेत्रमा ३ हजार नेपाली लैजाने तयारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker