खेलकुद

युरोकप फुटबल २०२० को छनौट खेलमा देखियो यस्तो रामाञ्चक माहोल

काठमाडौं । युरोकप छनौट अन्र्तगतका खेलामा स्पेन विजयी हुँदा डेनमार्क र आयरल्याण्ड बराबरीमा रोकिएका छन् । युरोकप फुटबल २०२० को छनौट अन्तर्गतका गएराती सम्पन्न खेलमा स्पेन, स्वीडेन र युक्रेन विजयी भएका छन् । समूह एफ मा रहेको स्पेनले लगातार तेस्रो जित दर्ता गर्दा फारोइ आइल्याण्डलाई ४–१ ले हराएको हो ।

सोही समूहमा रहेको स्वीडेनले माल्टालाई ३–० ले हराएको छ भने नर्वे र रोमानियाले २–२ को बराबरी खेल्दा माहोल निकै रोमाञ्चक बनेको थियो । त्यस्तै गएराती नै सम्पन्न समूह बी अन्तर्गतको खेलमा युक्रेनले सर्बियालाई ५–० ले हराएको छ । सोही समूहका लग्जेम्बर्ग र लुथुवानियाले १–१ को बराबरी खेलेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker