खेलकुद

होन्डुरसलाई खाता नै खोल्न नदिई नेइमारको ब्राजिलले हान्यो ७ गोल

[mashshare]

एजेन्सी । ब्राजिलले होन्डुरसमाथि ७-० को जित निकालेको छ । कोपा अमेरिका फुटबलको तयारीमा रहेको ब्राजिल स्टार खेलाडी नेइमार चोटग्रस्त भएर आराम गरिरहेको समयमा पनि अन्य भरपर्दा खेलाडीको कारण  होन्डुरसमाथि ७-० को जित दर्ता गर्न सफल भएको छ ।

आइतबार राति सम्पन्न खेलको पहिलो हाफमा तीन गोल गरेको ब्राजिलले दोस्रो हाफमा थप चार गोल थप्दै ७ गोल गर्न सफल भएको खेल निकै रोमाञ्चक बनेको थियो ।  उसका लागि गाब्रिएल जिससले दुई तथा थिएगो सिल्भा, फिलिप कोन्टिन्हो, नेरेस क्याम्पोस, रोबर्टो फिरमिनो र रिचार्लिसनले एक एक गोल गरेका थिए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker