खेलकुद

अष्ट्रेलियालाई पराजित गर्दै भारतले निकाल्यो लगातार दोस्रो जित, शिखरले हाने शतक

[mashshare]

काठमाडौं । विश्वकप क्रिकेटमा भारतले अस्ट्रेलियामाथि शानदार जित निकालेको छ । इंग्ल्याण्डमा जारी एक दिवसीय विश्वकप क्रिकेट अन्तर्गत आइतबार राति सम्पनन खेलमा भारतले पाँच विकेटको क्षतिमा ३५२ रन जोडेसँगै अष्ट्रेलिया थप दबाबमा देखिएको थियो । शिखर धवनले सर्वा्धिक रन बनाए ।

उनले ११७ रनको योगदान दिए । यस्तै कप्तान विराट कोहलीले ८२, रोहित शर्माले ५७ तथा हार्दिक पाण्डेयले ४८ रनको शानदार खेल खेल्दै भारतले दिएको ३५३ रनको चुनौती अष्ट्रेलियालाई भारी पर्यो । लागि स्टिभन स्मिथले ६८, डेविड वार्नरले ५६, एलेक्स केरीले ५५, उसमान खावजाले ४२ तथा एरोन फिन्चले ३६ रन बनाए पनि उ ३६ रनले पराजित बन्न पुग्यो । भारतले लगातार दोस्रो जित दर्ता गर्दा अस्ट्रेलिया भने तेस्रो खेलमा पहिलो पटक पराजित भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker