मनाेरञ्जन

यसकारण प्रियंका चोपडालाई रुचाउँदैनन् सलमान खान

एजेन्सी- बलिउडमा नायिका प्रियंका चोपडा निर्देशक संजयलिला भन्साली निकट मानिन्छिन् । तर संजय निकट मानिए पनि प्रियंकालाई संजयको फिलमबाट निकालिएको छ । भारतिय मिडिायका अनुसार यसमा सलमान खानको हात रहेको बताइएको छ ।संजयको नयाँ चलचित्रमा प्रियंका काम गर्ने तयारमिा रहेपनि उनले काम गर्न नपाउने भएकी हुन् । संजयले बनाउन लागेको नयाँ चलचित्र ‘इन्साअल्ला’मा उनका लागि स्थान मिलेन ।

फिल्म भारतमा प्रियंकाले सलमानलाई धोेका दिएपछि सलमानले यो फिल्ममा प्रियंकासँग काम गर्र्न नमानेको बताइएको छ । चलचित्र ‘मुझसे साधी करोगी’मा काम गरेपछि सलमानले प्रियंकासँग काम नगर्ने अडान लिएका थिए ।

तर, उनीहरुको सम्बन्ध लामो समयपछि ‘भारत’मा आएर सुध्रिएको थियो ।तर, चलचित्र ‘भारत’ पनि नायिका चोपडाले अन्तिम समयमा आएर छाडेपछि उनीसँग सलमान रुष्ट छन् । संजयलिला भन्साली आफ्नो चलचित्रका लागि नायिका प्रियंका चोपडा वा नायक सलमान खानमध्ये एक रोज्नुपर्ने अवस्थामा पुगेका थिए । सो समयमा उनले सलमान नै रोजेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker