मनाेरञ्जनसमाज

‘फूलको आँखामा फूलै संसार’ की गायिका आनीको अपारदर्शी धन्दा, कहाँबाट भित्र्याइन् ३८ करोड ?

स्रोत नखुलेको रकम पटक पटक नेपाल भित्र्याएपछि गायिका आनी छोइङ डोल्माको खाता रोक्का गरी सम्पत्ति सुद्धिकरणको आशंकामा अनुसन्धान सुरु भएको छ।

तर, प्रधानमन्त्रीकै सचिवालयले रोक्का रकम खुला गरिदिन चर्को दबाब दिइरहेको स्रोतले जनाएको छ। यो खबर आजको कान्तिपुर दैनिकमा कृष्ण आचार्यले लेखेका छन्।

‘फूलको आँखामा फूलै संसार’ गीतबाट चर्चित आनीले स्रोत नखुलाई हङकङबाट १६ लाख ४९ हजार ९ सय ४० अमेरिकी डलर (हालको विनियम दरअनुसार १८ करोड ३१ लाख ४३ हजार ३ सय ४० रुपैयाँ) नेपाल भित्र्याएपछि सम्पत्ति सुद्धिकरण अनुसन्धान विभाग र राष्ट्र बैँकको वित्तिय जानकारी इकाइले अनुसन्धान थालेका हुन्।

‘विदेशबाट रकम भित्र्याउन अनुमति लिनुपर्ने कुनै पनि निकायलाई जानकारीसमेत नदिई करिब २० करोड रुपैयाँ उनले भित्र्याइसकेकी छन्,’ अनुसन्धानमा संलग्न एक उच्च अधिकारीले भने, ‘पछि आउन खोजेको १८ करोड रुपैयाँ भने राष्ट्र बैँकले रोकिदिएको छ।’

आनीको बैँक खातामा तीनपटक आएको रकम मात्रै रोक्का भएको हो।

रोक्का नभएको २० करोड रकम भने उनले प्रयोग गरिसकेकी छन्। पहिल्यै भित्र्याइसकेको रकममाथि समेत अनुसन्धान हुने राष्ट्र बैँक तथा विभाग स्रोतले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker