खेलकुदहेडलाईन

अस्ट्रेलिया भ्रमण सकेर स्वदेश फर्किएका सन्दीपले भने नेपाली क्रिकेटको विकासका लागि काम गर्दैछु

काठमाडौँ । नेपाली चर्चित युवा क्रिकेटर सन्दीप लामिछाने स्वदेश फर्किएका छन् । सोमबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका सन्दीपले आफ्नो अस्ट्रेलिया भ्रमण सकेर स्वदेश फर्किएका हुन् । इण्डियर प्रिमियर लिग सम्पन्न भए लगत्तै अस्ट्रेलिया भ्रमणमा निस्किएका सन्दिप फ्रेन्चाइज लिगबाट रेस्ट लिन र आफूले केही समय घर परिवारलाई दिन स्वदेश आएको बताए ।

अस्ट्रेलिया भ्रमणका अवसरमा उनले नेपाली क्रिकेटको विकासका लागि केन्द्रीत भएको जानकारी दिए । उनले त्यहाँका तीन वटा क्रिकेट एकेडेमीसँग नेपाली युवा खेलाडीहरुलाई प्रशिक्षणको लागि कुरा गरेको जानकारी दिए । प्रधानमन्त्री कप क्रिकेट नखेलेको भन्दै चर्को आलोचना खेपेका सन्दीपले सबैभन्दा पहिलो कुरा स्वास्थ्यलाई ख्याल गरेर नै अहिले खेल नखेलेको प्रतिक्रिया दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker