समाचार

जोशी हाइड्रोपावरको टर्वाइनमा भिषण आगलागी, आगो नियन्त्रणमा लिने प्रयास जारी !

इलाम नगरपालिका–४ पुवाखोलामा रहेको जोशी हाइड्रोपावरमा आगलागी भएको छ । मेची राजमार्ग नजिकै रहेको हाइड्रोपावरको टर्वाइनमा एक्कासी आगोको मुस्लो उठेपछि स्थानीय बासिन्दा र कर्मचारीले नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् ।

वडा नं ३ का अध्यक्ष नुतनदेव दुलालका अनुसार हाइड्रोपावरको टर्वाइनमा एक्कासी आगोको मुस्लो उठेपछि नजिकै रहेको पानी पाइप छिनालेर आगो नियन्त्रणमा लिने प्रयास भइरहेको हो । आगो नियन्त्रणका लागि नगरपालिकाको दमकल घटनास्थलतर्फ गएको छ । आगो के कारणले लागेको भन्ने बारेमा यकिन हुन सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker