सलमानको अँगालोमा बेरिँदा रोएकी थिइन् भाग्यश्री
काठमाडौं- बलिउड सुपरस्टार सलमान खान अहिले ‘भारत’का कारण चर्चामा छन् । भारतले बक्स अफिसमा गजबको कमाइ गरिरहेको छ । फिल्ममा उनको अपोजिटमा कटरिना कैफ छिन् । सलमानको पहिलो फिल्म ‘मैने प्यार क्यु किया’मा भाग्यश्री एक दृश्य गरेपछि अत्याधिक रोएकी थिइन् । यो फिल्मबाट भाग्यश्री सुपरस्टार बनेकी थिइन् ।
सो फिल्ममा सलमानसँग अँगालोमा बाँधिनपर्ने दृश्य थियो । सो दृश्य छायांकनपछि उनी खुब रोएकी थिइन् । सलमान दुःखी भएर भाग्यश्रीलाई सोधेका थिए, ‘मैले के गल्ती गरेँ ?’ तर, भाग्यश्रीले जवाफ दिएनन् ।
निर्देशकले सोध्दा उनले बतइन् कि भाग्यश्रीको परिवारमा आजसम्म पनि त्यस्तो काम गर्न छुट छैन । नयाँ पत्रिकामा खबर छ ।
यही कारण अँगालोमा रहने दृश्य गरेपछि दुःखी भएर रोएकी थिइन् । भाग्यश्रीले यो फिल्मपछि विवाह गरिन् र फिल्मी दुनियाँबाट टाढा रहिन् । सो फिल्ममा जोडिएका उनीहरूका किस्सा खुबै चर्चित छन् । १९८९ मा आएको यो फिल्मको ‘कबुतर जाजा’ गीत हिट भएको थियो ।