समाज
गोली चलाएर पोखरामा प्रहरीले जोनलाई पक्राउ गर्यो, कारण यस्तो
काठमाडौँ स् दिनदहाडै पोखरामा गोली चलेको छ । प्रहरीले पोखराको उत्तमचोकमा गोली चलाएर लागूऔषध कारोबारमा संलग्न गोविन्द थापा जोन’लाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी दानबहादुर कार्कीका अनुसार बुधबार दिउँसो लागूऔषध कारोबारी गोविन्द थापा जोन’लाई पक्राउ गर्न पोखराको उत्तमचोकमा प्रहरीले गोलि चलाएर पक्राउ गर्न सफल भएको हो । डीएसपी कार्कीका अनुसार प्रहरीले घटनाका विषयमा थप अनुसन्धान सुरु गरेको छ ।