हेडलाईन
आज निर्जला एकादशी, तुलसीको बिउ राख्ने दिन
काठमाडौं आज निर्जला एकादशी परेको । आज भगवान् विष्णुको पूजा आराधनागरी तुलसीको दल(बिउ)रोपिन्छ। जेष्ठ शुक्ल एकादशी अर्थात् निर्जला एकादशीका दिन आज छरिएको बिउ एक महिनापछि आषाढ शुक्ल एकादशीका दिन तुलसी मठमा सार्ने विधान छ।
वैष्णव परम्परामा यो दिन निर्जल (पानीसमेत नपिई)र फदफुल पनि नखाइ व्रत बस्ने परम्परा छ।दिनभर व्रत बसी भगवान् विष्णुको पूजाआराधना गर्ने र माहत्म्य वाचन श्रवण गरिन्छ।एकादशीका दिन विशेषगरी भगवान् विष्णुको पूजा आराधना गर्ने र माहत्म्य पाठ गर्नेजस्ता कर्म गरिन्छ। आज दिनभर वतए बसी साझ पुजा गरेपछि मात्र वर्त तोड्ने गरिन्छ ।