मनाेरञ्जन

यस्तो बनेर आयो कीर्तिपुरः द लिजेन्ट अफ कीर्तिलक्ष्मी’ को ट्रेलर (भिडियो)

काठमाडौं– ऐतिहासिक नेपाली चलचित्र कीर्तिपुरः द लिजेन्ट अफ कीर्तिलक्ष्मी’ को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा हिसिला महर्जन, यशराज गराच, मदनदास श्रेष्ठ, सुशिल राजोपाध्याय, लक्ष्मी गिरी, सूरवीर पण्डित आदि कलाकारहरुको मुख्य भुमिका रहेको छ ।

तत्कालिन गोर्खाका राजा पृथ्वीनारायण शाहले नेपाल एकिकरणको दौरान अठारौं शताब्दीको पूर्वाद्र्धमा कीर्तिपुरमा गरेको आक्रमण विषयबस्तुमा बनाइएको यस फिल्म प्रदीप खड्गीले निर्देशन गरेका हुन् । असार १३ गतेदेखि प्रदर्शनमा आउने यस चलचित्रको निर्माता विरेन्द्र ताम्राकार कार्यकारी निर्माता, प्रेम खड्गी तथा अनन्त श्रेष्ठ हुन् भने चलचित्रलाई शंकर महर्जन र नविन जोशीले छायांकन गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker