मनाेरञ्जन

फिल्म पासवर्ड’ गीतमा सन्नी लियोनीले नेपाली आइटम डान्समा गरिन यस्तो नृत्य

काठमाडौं– बलिउड अभिनेत्री सन्नी लियोनीले आइट नृत्य गरेको फिल्म ‘पासवर्ड’को गीत सार्वजनिक भएको छ । बिहिबार राजधानीमा एक कार्यक्रमका बीच गीत सार्वजनिक गरिएको हो । ‘आजको साम’ बोलको आइटम गीतमा सन्नी बोल्ड अवतारमा देखिएकी छन् ।

बलिउड कोरियोग्राफर बिष्णु देभाको कोरियोग्राफी रहेको गीतमा सन्नी थुप्रै कोरसका साथ देखिएकी छन् ।फिल्मको गीतमा सन्नी र अभिनेता बिक्की जोशीको अभिनय देख्न सकिन्छ ।

विक्रम जोशीको शब्द, अर्जुन पोखरेलको संगीत रहेको गीतमा दुर्गा खरेलको स्वर छ । गीत लण्डनमा छायाँकन गरिएको हो । २७ भाद्रबाट ‘पासवर्ड’ सार्वजनिक प्रदर्शनमा आउँदैछ । फिल्म सम्राट बस्नेत निर्देशन गरेका हुन् । विक्रम जोशी, हिरल जोशी र अमित बस्नेतको निर्माण रहेको फिल्म एक्सन थ्रिलर जनरामा निर्माण भएको छ ।

फिल्ममा बिक्रम जोशी ९विक्की०, अनुपविक्रम शाहि, बुद्धि तामाङ, छुल्ठिम गुरुङ, विक्रान्त बस्नेत, रविन्द्र झा, प्रविण खतिवडा, लिशा सुनार, परिराना लगायतको अभिनय रहेको छ । फिल्ममा । ५ करोड बढी लगानी रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker