हेडलाईन

हृदयघातका कारण पूर्व शिक्षामन्त्री धनिराम पौडेलको निधन, प्रचण्ड र सिता चितवन जाँदै

काठमाडौँ – पूर्व शिक्षामन्त्री धनिराम पौडेलको निधन भएको छ । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा दोश्रो संबिधानसभाका समानुपातिक सभासद धनिरामको शुक्रबार बिहान करीब ७ बजे हृदयघातका कारण निधन भएको पारिवारिक स्रोतले जनाएको छ । २०७३ साल भदौमा काङ्ग्रेस९माओवादी (केन्द्र)को संयूक्त सरकारमा प्रचण्ड प्रधानमन्त्री रहदा शिक्षा मन्त्री भएका उनको शब माडि नगरपालिका ३ बघौंडा अस्पतालमा राखिएको छ ।

पार्टीका केन्द्रीय सदस्य पौडेल तत्कालीन अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्षसमेत भएका पौडेल लेखक एवं पूर्वपत्रकार पनि हुन् । उनकी श्रीमती गङ्गा वेलवासे पनि पार्टीको केन्द्रीय सदस्य हुन् । पौडेलका दुई छोरी छन् । पौडेलको अन्तिम संस्कारमा सहभागी हुन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड’ सहित नेकपाका नेताहरु चितवन जाने कार्यक्रम रहेको स्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker