मनाेरञ्जन

प्रियंकाले सलमान र क्याट्रिनाको फिल्म भारत बकवास भएको बताएपछि

एजेन्सी । विश्वभर हंगामा मच्चाउन सफल भएको सलमान र कट्रिना कैफ अभिनित फिल्म भारतबारे चौतर्फी सकारात्मक प्रतिक्रिया आइरहेको समयमा नायिका प्रियंका चोपडाले भने सलमानको फिल्म बकवास भएको बताएकी छिन् । भारत फिल्ममा कट्रिनाअघि प्रियंकालाई साइन गराइएको चर्चा चलेपछि प्रियंका चोपडाले अन्तिम अवस्थामा फिल्म छोडेकी थिइन् जसका कारण सलमान प्रियंकासँग निकै रिसाएको पनि बताइयो ।

यद्यपि, पछि सलमानले आफू प्रियंकासँग नरिसाएको स्पष्टिकरण दिएको केही समयमा नै प्रियंकाले सलमानको फिल्म भारत छोड्नुको कारण बताउँदै यसलाई नाच्ने–गाउने फिल्मको संज्ञा दिँदै भनिन् , ‘सबैले मलाई मेरो निर्णयबारे सोध्थे, आखिर किन यस्तो गरेको भन्थे । मलाई नाच्ने गाउने, तडकभडकयुक्त फिल्म किन छोडेँ भनेर पनि सोधिन्थ्यो ।

कतिले मलाई म किन १८ वर्षको बच्चाको आमाको भूमिका निभाउन राजी भएँ भनेर पनि सोध्थे ।’ र आँफुले भारत छाडेर द स्काई इज पिंक नामक फिल्म रोजेको प्रतिक्रिया दिइन् । सो फिल्म रिलिज भएको केही दिनमा नै २ सय करोड कमाइ गरेको बताइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker