राजनीति

पूर्वशिक्षामन्त्री पौडेललाई अन्तिम श्रद्धान्जली अर्पण गर्दा भावुक बने प्रचण्ड लगायत नेकपाका शीर्ष नेताहरु

काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता एवम् पूर्व शिक्षामन्त्री धनीराम (डीआर)पौडेलको अन्तिम श्रद्धान्जलीमा सहभागी हुन पार्टी अध्यक्ष पुष्पकमल दाहाल र अर्का नेता नारायणकाजी श्रेष्ठ लगायतका शीर्ष नेताहरु चितवन पुगेका छन् ।

शुक्रबार बिहान हृदयघात भएपछि उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा प्राण त्यागेका नेता पौडेललाई (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”, गृहमन्त्री रामबहादुर थापा बादल, शिक्षामन्त्री गिरीराजमणी पोखरेल सहित नेकपाका नेताहरू वामदेव गौतम, अमिक शेरचन, देव गुरूङ लगाएत पूर्व शिक्षा मन्त्री पौडेलप्रति अन्तिम श्रद्धान्जली व्यक्त गर्न उनकै निवास पुगेर अन्तिम श्रद्धान्जली अर्पण गरेका थिए ।

नेता पौडेलका सहयोगी रहेका ओमनाथ पाण्डेका अनुसार बिहान पौने ६ बजे बेहोस भएर लडेका पौडेललाई सवा सातबजे चितवनको माडीस्थित बघौडा अस्पतालका चिकित्सकले मृत घोषणा गरेका हुन्। बिहान उठेर आगनमा सामान्य काम गर्दा बोहोस भएर लडेका नेता पौडेलका श्रीमती र दुई छोरी छन् ।

You need to install the TieLabs Instagram Feed plugin to use this feature.
Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker