गीत संगीत

कार्टुन क्रुका सरोजले सुन्दरी मोडल आश्मालाई यसरी राखे प्रेम प्रस्ताव, भिडियो बन्यो भाइरल

काठमाडौँ । द कार्टुन क्रुका सरोज अधिकारी र आश्मा विश्वकर्माको रोमान्स हेर्न जो कोही लालायित हुन्छन् । झट्ट हेर्दा वास्तविक प्रेमी प्रेमीका जस्ता देखिने यो जोडीले लामो समयदेखि रिलमा प्रेमी प्रेमीकाको भूमिका निभाएसँगै अहिले चर्चाको शिखरमा छन् ।

यसैबिच गायक सुरज श्रेष्ठको आवाजमा समावेश ‘जिस्काम्छे मुइयाले’ बोलको म्यूजिक भिडियोमा पनि यो जोडीले रोमान्टिक अभिनय गर्दै वैँशालु उमेरको माया प्रेमको कुरालाई गज्जबसाग भिडियोमा पस्किएका छन् ।

दिपक शर्माको शब्द तथा संगीत रहेको यो गीतलाई रमाइलो शैलीमा तयार पारिएको गीतमा द कार्टुन क्रुका सरोज अधिकारी र आश्मा विश्वकर्माका अलावा लाक्पा डी लामा, राम घले, सुविन चौहान, साजन चौहान लगायतको अभिनय रहेको छ । ज्ञानेन्द्र शर्माको छायांकन, द कार्टुन क्रुको कोरियोग्राफी रहेको छ भने भिडियोमा निर्देशन सरोज अधिकारीले गरेका हुन् । भिडियो द कार्टुन क्रुको च्यानलबाट नै सार्वजजिक गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker