समाज
सहायक वन अधिकृत घुससहित पक्राउ
दाङमा सहायक वन अधिकृत रु २० हजार घुससहित पक्राउ परेका छन्।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सब–वन डिभिजन कार्यालय बेलामा कार्यरत रामज्ञाप्रसाद साहलाई घुससहित पक्राउ गरेको हो।
साहलाई लमहीको एक जुस पसलबाट पक्राउ गरिएको छ। उनलाई पक्राउ गरेर अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।