अन्तर्राष्ट्रिय
भारतमा प्रचण्ड गर्मीले ७१ जनाको मृत्यु
भारतको बिहारमा प्रचण्ड गर्मी का कारण ७१ जनाको मृत्यु भएको छ। समचारमा जनायए अनुसार औरंगाबाद जिल्लामा ३३, गयामा २५ र नवादा जिल्लामा १३ जनाको मृत्यु भएको छ ।
बिहार सरकारले गर्मीका कारण मृत्यु भएको हो वा अन्य कारणले मृत्यु भएको हो भन्नेबारे छानबिनपछि मात्रै जानकारी दिने बताएको छ। तर जिल्ला अस्पतालहरूले गर्मीका कारण ठूलो संख्यामा मानिसको मृत्यु भएको पुष्टि गरेका छन् । सरकारले सबै मृतकको परिवारलाई चार–चार लाख रुपैयाँ सहयोगको घोषणा गरेको छ ।