गीत संगीत

प्राञ्जल र स्नेहाको जीवन्त अभिनय रहेको म्यूजिक भिडियो सार्वजनिक

[mashshare]

काठमाडौँ । गायक प्राञ्जल पोखरेलको बिहानीको चिसो हावामा’बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । बसन्त सापकोटाले निर्देशन गरेको म्यूजिक भिडियोमा गायक प्राञ्जल पोखरेल र स्नेहा भट्टराईको जिवन्त अभिनय देख्न सकिन्छ । अर्जुन सापकोटाको छायांकन रहेको उक्त म्यूजिक भिडियोलाई जीवन टण्डनले सम्पादन गरेका हुन् । सार्वजनिक गीतमा देवेन्द्र नेवाको संगीत संयोजन रहेको छ ।

गायक प्राञ्जलले आफू चाडै एल्वम लिएर स्रोता तथा दर्शक माझ आउन लागेको जानकारी दिँदै भने नयाँ गीतबाट निकै सन्तुष्टी मिलेको छ , छिट्टै नै नयाँ एल्बम ल्याउने तयारी गरेको छु । उनको सोलो गायन रहने एल्वममा सागर अधिकारीको एकल संगीत रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker