अर्थ खबर
आज पनि बढ्यो सुनको भाउ
काठमाडौं । आज आईतबार सुनको भाउ झन् उकालो लागेको छ । आज छापावाल सुन प्रतितोला ६३ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज सुनको मूल्य तोलमा तीन सयले बढेको हो ।यसअघि छापावाल सुन ६२ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै आज तेजावी सुनको मूल्य पनि उकालो लागेको छ। आज तेजावी सुन प्रतितोला ६२ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ। त्यस्तै आज चाँदीको मूल्य पनि उकालो लागेको महाुंघले जनाएको छ ।। आज चाँदी प्रतितोला ७ सय २० रुपैयाँमा कारोबार भईरहेको छ। यसअघि चाँदी प्रतितोला ७१५ रुपैयाँमा कारोबार भएको थियो।