जनतालाई होच्याउने र चिड्याउने ढंगले गुठी परम्परा सामान्तवाद भन्नु ‘आगोमा घिउ थप्नु’ जस्तै हो : राजेन्द्र लिंदेन
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र लिंदेनले जंगलमा भएको बेला नेवारलाई ‘नेवा राज्य’ दिन्छु भन्ने, सत्तामा भएको बेला गुठी पनि खोसिदिएको आरोप लगाएका छन् ।
सांसद लिंदेनले गुठीमाथिको हस्तक्षेप केवल गुठीयारहरुमाथि मात्रै नभई सनातन परम्परामाथिकै आक्रमण भएको बताएका छन् ।संसद्को शून्य समयमा बोल्दै सांसद लिंदेनले गुठी परम्परा किरात कालबाट सुरु भएर लिक्षवी कालमा विकर्षित भएको बताएका छन् ।
‘म सरकारलाई आग्रह गर्न चाहन्छु( नीति बिग्रनुअगाडि नै गुठी विधेयकलाई फिर्ता लिएर संरक्षण र प्रवर्द्धन गर्नुपर्छ ।’ उहाँले उपत्यका बाहिर रहेका मोहीहरुको समेत समस्याको समाधान हुनेगरी नयाँ विधेयक पेस गर्न पनि आग्रह गरेका छन् ।सांसद् लिंदेनले आफ्नो सनातन परम्पराका पक्षमा उभिएका जनतालाई होच्याउने र चिड्याउने ढंगले गुठी परम्परा सामान्तवाद भन्नु ‘आगोमा घिउ थप्नु’ भएको पनि बताएका छन् ।