काठमाण्डौ – पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटेको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो । निगमका अनुसार इण्डियन आयल कर्पोरेशनबाट आएको नयाँ मूल्य सूचीअनुसार मूल्य घटाएको हो । नयाँ मूल्य सूची अनुसार पेट्रोल, डिजेल र मट्टितेल तीनैथरीमा प्रतिलिटर २-२ रुपैयाँका दरले मूल्य घटाइएको नेपाल आयल निगमले जनाएको छ ।
जुन गएरातीदेखि नै लागू भएको छ । घटेको मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर १०८ रुपैयाँ, डिजेल तथा मट्टीतेलमा प्रतिलिटर ९६ रुपैयाँ ५० पैसामा उपलब्ध हुनेछ।हवाइ इन्धन ९एटीएफ तथा खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत रहने निगमले जनाएको छ ।