खेलकुद

पाकिस्तानलाई ८९ रनले पराजित गर्दै भारतले निकाल्यो शानदार जित

एजेन्सी । आइसिसी विश्वकप अन्र्तगतको बेलायतमा जारी एक दिवसीय विश्वकप क्रिकेटमा भारतले पाकिस्तान बिरुद्ध शानदार जित दर्ता गरेको छ । ओल्ड ट्रफोर्डमा भएको खेलमा भारतले पाकिस्तानलाई ३३७ रनको लक्ष्य दिएको थियो तर वर्षाले बीचमा खेल रोकिएपछि डकवर्थ लुइस नियमको आधारमा पाकिस्तानले ४० ओभरमा ३०२ रनको लक्ष्य पाएको थियो तर पाकिस्तानले ६ विकेट गुमाएर २१२ रनमात्रै बनाउँन सकेपछि भारतले पाकिस्तान बिरुद्ध ८९ रनको जित दर्ता गरेको हो ।

भारतका लागि ओपनर रोहित शर्माले १ सय ४० रनको पारी खेले। रोहितले ११३ बलमा १४ चौका र ३ छक्का प्रहार गरे। उक्त शतक उनको ओडिआई करिअरको २४औं शतक हो। जारी विश्वकपमा रोहितको यो दोस्रो शतक हो। यसअघि रोहितले भारतको पहिलो खेलमा दक्षिण अफ्रिकाविरुद्ध नटआउट १ सय २२ रनको पारी खेलेका थिए। रोहितसँगै भारतका लागि विराट कोहलीले ७७ रन जोडे। ६५ बल खेलेका उनले ७ चौका प्रहार गरे।

विराटसँगै केएल राहुलले पनि ५७ रनको अर्धशतकीय पारी खेलेका थिए। ७८ बल खेलेका केएलले ३ चौका र २ छक्का प्रहार गरेको खेलमा पाकिस्तानका लागी फाखर जामानले ६२, बाबर आजमले ४८, इमाद वासिमले नटआउट ४६ तथा शादब खानले नटआउट २० रन बनाउनु बाहेक अरुले राम्रो अंकमा रन जोड्न सकेनन् । भारतका कुलदीप यादव, विजय शंकर र हार्दिक पाण्डेयले समान दुई–दुई विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker