खेलकुद

स्वारेज चम्किँदा कोपा अमेरिका फुटबलमा शानदार जित दर्ता गर्यो उरुग्वेले

एजेन्सी । ब्राजिलमा भइरहेको कोपा अमेरिका फुटबलमा उरुग्वेले शानदार जित दर्ता गरकेो छ भने पाराग्वे र कतारले बराबरी खेलेका छन् । सोमबार बिहान सम्पनन खेलमा उरुग्वेले इक्वेडरलाई खाता नै खोल्न नदिई ४ गोल गर्दै आफ्नो नाममा शानदार जित दर्ता गर्दा पाराग्वे र कतारले २–२ को बराबरी खेले । समूह सी मा रहेको उरुग्वेले इक्वेडरका बिरुद्ध छैटौँ मिनेटमा निकोलास लोडेइरोको गोलबाट सुरुवाति अग्रता लियो भने ३३ औँ मिनेटमा एडिन्स काभानीले गोल गर्दै अग्रता दोब्बर पारे ।

त्यस्तै ४४ औँ मिनेटमा लुइस स्वारेजले गोल गरेपछि पहिलो हाफमा उरुग्वेको अग्रता ३–० मा पुग्यो । ७८ औँ मिनेटमा इक्वेडरका अर्तुरो मिनाले आत्मघाती गोल गरेपछि उरुग्वेले ४–० को जित निकाल्न सफल भएको हो । त्यस्तै समूह बी अन्तर्गतका पाराग्वे र कतारको खेल पनि रोमाञ्चक बन्यो । खेलको चौथो मिनेटमा ओस्कार कार्डोजोको गोलबाट लिएको अग्रता पाराग्वेले जोगाउन सकेन । उसका लाग ५६ औँ मिनेटमा डेर्लिस गोन्जाल्वेजले गोल गरे । त्यसपछि कतारले गोल गरेको हो । कतारका लागि ६८ औँ मिनेटमा अलमोएज अलीले गोल गरे । ७७ औँ मिनेटमा पाराग्वेका आन रोड्रिगो रोजासले आत्मघाती गोल गरेपछि खेल बराबरी रुपमा टुगींएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker