अर्थ खबर

यस्तो छ आजको सुनको मूल्य

काठमाडौँ -सोमबार नेपाली बजारमा सुनको मुल्य तोलामा १ सय रुपैयाले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आइतबार स्थिर रहेको सुनको मुल्य आज तोलामा १ सय रुपैयाले बढेको हो ।

आइतबार प्रतितोला ६३ हजार रुपैयामा कायम रहेको छापावाला सुनको मुल्य आज तोलामा ६३ हजार १ सय रुपैयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।

साथै आज तेजावी सुनको मुल्य प्रतितोला ६२ हजार ८ सय रुपैयामा किनबेच भइरहेको छ ।आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार प्रतितोला ७ सय २० रुपैयामा किनबेच भइरहेको चाँदीको मुल्य आज पनि सोहि मुल्य ९७ सय २०० मा कायम रहेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker