समाज

गर्मी छल्न पौडी खेल्ने क्रममा डुबेर काठमाडौंमा एक युवकको गयो ज्यान

काठमाडौंको धापासीस्थित नेचर क्लबमा पौडी खेल्ने क्रममा एक जनाको मृत्यु भएको छ ।आइतबार साँझ ५ बजे पौडी खेल्ने क्रममा बेहोश भएका अन्दाजी २८ वर्षीय युवकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मृत्यु हुने युवकको परिचय खुल्न सकेको छैन् । पौडी खेल्ने क्रममा बेहोस भएका उनको उपचारका लागी अस्पताल लैजादै गर्दा उनको मृत्यु भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker